logo
  • आइतवार, अशोज १८, २०८३ / Sunday, Oct, 04 ,2026

लालबन्दी र नवलपुर बजार अनुगमन : अखाद्य वस्तु नष्ट


  • उज्यालो अभियान

लालबन्दी, १७ असोज – महेन्द्र राजमार्गस्थित जिल्लाकै प्रमुखमध्ये एक लालबन्दी बजारका विभिन्न पसल, व्यवसायबाट अखाद्य वस्तु बरामद गरी नष्ट गरिएको छ ।

अनुगमन टोलीले विभिन्न किराना पसल, मार्ट र खाजाघरहरुबाट म्याद नाघिसकेका चिसो पेय पदार्थ, चाउचाउ, विस्कुट, मसला, चियापती, गुलकोज, लेबल नभएको आइसक्रिमलगायत सामग्री बरामद गरी नष्ट गरेको हो । ति अखाद्य वस्तु नष्ट गरेर सम्वन्धित पसल संचालक तथा व्यवसायीलाई पहिलो पटक सचेत गराउने काम गरिएको खाद्य प्रविधि तथा गुण नियन्त्रण डिभिजन कार्यालय मलंगवाका निमित्त प्रमुख एवं खाद्य निरीक्षण अधिकृत दिनेश ढुंगानाले उज्यालो अभियानसँग बताए ।

लालबन्दी मुख्य बजारका २० वटा पसल तथा व्यापार, व्यवसायको हिजो दिनभर अनुगमन गरिएको थियो । २ दिनअघि नवलपुर बजारका पसल व्यवसायको अनुगमन गर्दा बिक्रीका लागि राखिएको म्याद गुज्रिसकेका तथा लेबल नभएका विभिन्न सामग्री यसैगरी बरामद गरी नष्ट गरिएको थियो ।

उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष महेशकुमार महतोले उपभोक्तालाई म्याद गुज्रिएको वस्तु बिक्री गर्न हुन्न भन्ने कुरामा व्यापारी, व्यवसायीसमेत सचेत हुन जरुरी रहेको बताए ।

हिजोआज व्यापर नभएर निराश रहेका व्यापारीलाई दुःख दिने नियत नराखी गरिने बजार अनुगमनमा उद्योग वाणिज्य सङ्घको साथ रहने अध्यक्ष महतोले बताए ।