(तस्बीर सौजन्य : मुकेश झा/हरिपूर्वा)
पर्सा – पछिल्लो समय लागूऔषध दुव्र्यसनी बढिरहेका बेला सर्लाहीको दक्षिणी सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिकाले बिहीबारबाट लागूऔषध दुव्र्यसनीमुक्त पालिका निर्माण गर्न अभियान सुरु गरेको छ ।
लागूऔषध दुव्र्यसनी र ट्राफिक नियम सम्वन्धी जनप्रतिनिधि, स्वास्थ्यकर्मी, विभिन्न विद्यालयका प्रधानाध्यापक, प्रहरी चौकीका इन्चार्ज, स्वास्थ्यकर्मीलगायतलाई बिहीबार एक दिने अभिमुखीकरण प्रदान गरिएको हो । अभियान अन्तर्गत ११ दिनसम्म स्थानीयसहित अन्य सरोकारवालाहरुलाई यस्तै किसिमको अभिमुखीकरण प्रदान गरिने पर्सा गाउँपालिकाका अध्यक्ष धिरेन्द्र राय (विस्पत) ले बताए ।
लागूऔषध दुव्र्यसनी नियन्त्रणका लागि भारतसँग सीमा टाँसिएको यो गाउँपालिकाले ५ सदस्यीय कमिटी निर्माण गरेको छ । जसले प्रत्येक टोल, बस्तीमा लागूऔषध दुव्र्यसनीमुक्त पालिका बनाउन अभियान संचालन गर्ने छ । गाउँपालिका अध्यक्ष रायका अनुसार दुव्र्यसनीकर्तालाई मनोपरामर्शकर्ता परिचालन गरेर दुव्र्यसनीको कूलतबाट मुक्त बनाउने प्रयास समेत हुने छ ।
यही अभियान अन्तर्गत सशस्त्र प्रहरी बेस क्याम्प संग्रामपुरका इन्चार्ज र प्रहरी चौकी पर्साका इन्चार्जले लागूऔषध दुव्र्यसनी तथा ट्राफिक नियमका बारेमा सचेतनामुलक प्रशिक्षण समेत प्रदान गर्नुहुने बुझिएको छ ।