logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

नेपाली सेनाको भैरवीदल गणद्वारा मानव सेवाश्रममा सहयोग


  • उज्यालो अभियान

नवलपुर – सर्लाहीको नवलपुरस्थित नेपाली सेनाको भैरवीदल गण पाँचकुमारी ब्यारेकले बुधबार मानव सेवाश्रम हरिवनमा सहयोग गरेको छ ।

गणले आन्तरिक श्रोतबाट हरिवन १ स्थित कैलाशपुरीमा रहेको मानव सेवाआश्रममा ३० थान मण्डी, ३०÷३० थान तन्ना र सिरानीको खोल, ६ कार्टुन बिस्कुट र बिहानको एक छाक भोजन गराएको गणपति प्रमुख सेनानी अभिषेक कार्कीले उज्यालो अभियानसँग बताए । उनका अनुसार नेपाली सेना मध्यपूर्वी पृतनाका पृतनापति उपरथी प्रेमध्वज अधिकारीको प्रमुख आतिथ्यतामा आश्रमलाई सहयोग गरिएको हो ।

कार्यक्रममा हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल), श्री नं.९ बाहिनी अड्डाका बाहिनीपति सहायक रथी शक्तिजंग बस्नेत, हरिवन १ का वडाध्यक्ष टमबहादुर घिसिङलगायतको आतिथ्यता रहेको थियो । सोही अवसरमा सेनाले आश्रममा शरण दिएर राखिएकाहरुका लागि निःशुल्क स्वास्थ्य शिविर समेत सम्पन्न गरेको प्रमुख सेनानीले कार्कीले बताएका छन् ।

सेनाले आश्रमलाई सहयोग प्रदान गरेकै कार्यक्रममा गणको राशन आपूर्तिकर्ता श्याम जेनेरल स्टोर्सले समेत ५ सय केजी चामल, ५० केजी दाल, ५० केजी नुन, ५० केजी चिनी, ५० लिटर तेल र १५० थान फ्रुटी सहयोग गरेको छ ।