फाइल तस्बीर ।
लालबन्दी – सर्लाहीको दक्षिणी भेगका धेरै क्षेत्रमा अहिले पानी परिरहेको छ ।
सीमावर्ती क्षेत्रमा पर्ने बलरा, गोडैता, कौडेनालगायत क्षेत्रमा सामान्य हावाहुरी चलेर पानी परिरहेको त्यस क्षेत्रबाट हाम्रा संवाददाताहरुले जनाएका छन् । पानी परेको दक्षिणीका धेरै गाउँमा अहिले बिजुली बत्ती काटिएको छ । मलंगवा वितरण केन्द्रबाट लाइन छाडिएको धेरै ठाउँमा हल्का हावाहुरी चलेर पानी पर्न थालेपछि बत्ती अवरुद्ध भएको स्थानीयले बताएका हुन् ।
जिल्लाको उत्तरी चुरेभेग र पूर्व–पश्चिम राजमार्ग क्षेत्रको मौसम पानी पर्लाजस्तो भई धुम्मिएको छ । उत्तरी भेगको लालबन्दीसहित केही क्षेत्रमा आज बिहान मात्रै पनि केहीबेर पानी थियो ।
यहाँका किसान अहिले पर्याप्त वर्षाको प्रतिक्षामा छन् । पानी पर्न ढिलो हुँदा धेरै किसानले लगाएको मकै बाली सुकेर नष्ट नै भइसकेको छ ।
कतैकतै अब पानी पर्दा पनि हुर्किन मकै रहेको भन्दै किसान वर्षाको प्रतिक्षामा बसेका छन् । मौसममा आएको बदलीसँगै यस क्षेत्रमा आज गर्मी केही कम छ ।