logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सलेमपुर अपडेट : ९ बजेपछि खुल्यो सडक


  • उज्यालो अभियान

सलेमपुर – एक महिलाको सवारी दुर्घटनामा ज्यान गएपछि प्रहरीले सवारी साधन पहिचान गरेर पक्राउ गर्न नसकेको भन्दै स्थानीयले कविलासी नगरपालिका १० सलेमपुर चोकमा गरेको चक्काजाम राति ९ बजेपछि खुलेको छ ।

प्रहरीले सम्झाईबुझाई गरी ५ घण्टापछि सडकको अवरोध हटाएको हो । इलाका प्रहरी कार्यालय हरिपुरका प्रहरी निरीक्षक विजय कुँवरले भर्खरे जाम खुलेको उज्यालो अभियानसँग बताए ।

मृतकको शव परिवारले सतगतका लागि घरतर्फ लगेका छन् ।