हरिवन – सर्लाहीको हरिवनमा हरिवनमा सुरक्षित आप्रवासन (सामी) कार्यक्रम अन्तर्गत प्रहरी र पत्रकारसँग अन्तक्र्रिया गरिएको छ ।
हरिवन नगरपालिकाको सभा हलमा मेयर रमेश बुढाथोकी (कमल) को अध्यक्षतामा अन्तक्र्रिया गरिएको हो । कार्यक्रममा सामी कार्यक्रम अन्तर्गत सुरक्षित आप्रवासन सूचना केन्द्रले वैदेशिक रोजगारीलाई सुरक्षित बनाउन गरिरहेको काम, सर्लाहीमा वैदेशिक रोजगारको अवस्था, मनोपरामर्श, बचतका लागि पोत्साहन गर्न प्रदान गरिएको कक्षा लगायताबारे प्रष्ट पारिएको थियो ।
सहभागीले वैदेशिक रोजगारीलाई सुरक्षित र व्यवस्थित बनाउन समाजका सबैपक्ष लागिपर्नुपर्नेमा जोड दिए । कार्यक्रममा हरिवन नगरपालिकाकी उपमेयर हरिमाया घलान, इलाका प्रहरी कार्यालय हरिवनका प्रहरी निरीक्षक शिवराम थापा, जिल्ला ट्राफिक प्रहरी कार्यालय सर्लाहीका प्रमुख लेखनाथ मैनाली, नेपाल पत्रकार महासंघ सर्लाहीका अध्यक्ष टंकबहादुर क्षेत्री लगायतको आतिथ्यता रहेको थियो ।