हजारबिघा – सर्लाहीको हरिपुर नगरपालिका–१, हजारबिघामा रहेको पाँचकुमार राम औतार लक्षिया माध्यमिक विद्यालयमा नयाँ व्यवस्थापन समिति चयन गरिएको छ ।
यसअघि नै सर्वसम्मत रुपमा ४ जना सदस्य छानिएको मध्ये अध्यक्षमा मानबहादुर गोलेको नेतृत्वमा समिति बनाइएको हो । समितिको सदस्यमा अरुण गौतम, दुर्गा घिमिरे र सोनी इराकी रहेका छन् ।
यस्तै, नगरपालिकाबाट नेवलाल महतो, जग्गादाताबाट सुशील साह, वडाबाट वडाध्यक्ष नानीबाबु थापा, शिक्षक प्रतिनिधिबाट कुमार दाहाल र प्रधानाध्यापक विनोदकुमार मिश्र सदस्य सचिव रहेका विद्यालयका शिक्षक टेकबहादुर थापा (अर्जुन) ले जानकारी दिए ।