दुर्घटनामा परेको पिकअप । (तस्बीर सौजन्य : दामोदर सापकोटा)
बरहथवा – सर्लाहीको बरहथवा नगरपालिकास्थित लौकठमा केहीबेरअघि पिकअप भ्यान दुर्घटना हुँदा ७ जना घाइते भएका छन् ।
प्रदेश २ ०३ ००१ ख ३५२३ नम्वरको पिकअप आफै अनियन्त्रित भई बरहथवा मधुवनी सडकमा पल्टिएर दुर्घटना भएको हो । दुर्घटनाका घाइतेलाई उद्धार गरी उपचारका लागि बरहथवा बजारतर्फको अस्पतालमा ल्याइएको छ ।
घटनाको विस्तकृत विवरण प्राप्त हुन बाँकी छ ।