logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बरहथवा दुर्घटना अपडेट : घाइते एक जनाको मृत्यु


  • उज्यालो अभियान

दुर्घटनामा परेको पिकअप । (तस्बीर सौजन्य : दामोदर सापकोटा)

बरहथवा – सर्लाहीको बरहथवामा आज मध्यान्ह भएको पिकअप दुर्घटनामा घाइते भएकामध्ये एक जनाको मृत्यु भएको छ ।

घटनास्थलबाट उद्धार गरेर ल्याएकामध्ये १ जनालाई चिकित्सकले मृत घोषणा गरेका बरहथवाका डीएसपी मकेन्द्रकुमार मिश्रले उज्यालो अभियानसँग बताए । मृतकको परिचय खुल्न बाँकी छ । उनका अनुसार चालकसहित अरु ६ जना घाइते छन् ।

चालकलाई सामान्य चोट मात्रै लागेको र अन्य घाइते ५ जनाको उपचार जारी रहेको डीएसपी मिश्रले बताए । घटनाको विस्तृत विवरण अझै प्राप्त हुन बाँकी नै छ ।

प्रदेश २ ०३ ००१ ख ३५२३ नम्वरको पिकअप आफै अनियन्त्रित भई बरहथवा मधुवनी सडकमा पल्टिएर दुर्घटना भएको हो ।