logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

भाडाको कमिसनका विषयमा विवाद हुँदा टिकट काटनले कडक्टर कुटे


  • उज्यालो अभियान

नयाँरोड – सर्लाहीको नयाँरोडमा आइतबार अपरान्ह भाडाको कमिसनको विषयमा विवाद हुँदा बस काउण्टरमा काम गर्ने एक युवकले बसका कन्डक्टरलाई नै कुटपीट गरेका छन् ।

हरिवन नगरपालिका १० नयाँरोडस्थित पूर्व–पश्चिम राजमार्गमा जनकपुरबाट पोखरा जाँदै गरेको ना ५ ख ६६१९ नम्वरको बसका कडक्टर रौतहटको चन्द्रपुर नगरपालिका ६ का ४५ वर्षीय दीपकराज उपाध्यायलाई नयाँरोडस्थित काउण्टरमा टिकट काटने बागमती नगरपालिका ३ का २८ वर्षीय दार्जे तामाङले कुटपीट गरेका हुन् ।

भाडाको कमिसनको विषयमा विवाद भई कुटपीट गर्दा कडक्टर उपाध्यायको टाउकोमा चोट लागेको छ । कुटपीटपछि दोर्जे फरार भएका र उनको खोजी भइरहेको प्रहरीले जनाएको छ ।

दोर्जेले प्रयोग गर्ने मोटरसाइकल प्रहरीको नियन्त्रणमा रहेको छ ।