लालबन्दी – सर्लाहीको लालबन्दीमा शनिबारबाट २ दिने महिला सशक्तीकरण तालिम सुरु भएको छ ।
सर्लाही क्षेत्र नं. १ (ख) निर्वाचन क्षेत्र विकास कार्यक्रम अन्तर्गत चेतना सन्देश नेपाल सर्लाहीको आयोजना तथा एकीकृत महिला शक्ति केन्द्र सर्लाहीको व्यवस्थापनमा लालबन्दी ६ स्थित उद्योग वाणिज्य संघको सभा हलमा २ दिने महिला सशक्तीकरण तालिम सुरु भएको हो । आरती लामाको अध्यक्षमा आयोजित तालिमको उद्घाटन सर्लाही क्षेत्र नं. १ (ख) की प्रदेश सभा सदस्य बेची लुंगेलीले गरेकी छन् ।
तालिमको उद्घाटन समारोहमा नेकपा एकीकृत समाजवादी पार्टीका जिल्ला अध्यक्ष सुरेन्द्र लामा, कांग्रेसकी पम्फा लामा, सानु पाख्रिन, एमालेकी रीता ब्लोन, माओवादीकी राधा भण्डारी, रमा दाहाल, उद्धव पाठकलगायतको आतिथ्यता रहेको थियो । रन्जना घिसिङको संचालन तथा गीता माझीको स्वागत रहेको तालिममा जिल्लाभरबाट २०० जना महिला सहभागी छन् ।
सहभागी महिलाहरुलाई भोलीसम्म अधिवक्ता योगिता राईले महिला सशक्तिकरणका सवाललाई प्रशिक्षण दिने आयोजकले जनाएको छ ।