लालबन्दी – सर्लाहीको लालबन्दीस्थित पूर्व–पश्चिम राजमार्गमा शनिबार साँझ नेकपा एमाले निकट अनेरास्ववियुले मसाल जुलुस निकालेको छ ।
उसले सरकार र प्रधानमन्त्रीविरुद्ध चर्को नाराबाजीसहित लालबन्दीस्थित मुख्य बजार क्षेत्रमा मसाल जुलुस निकालेको हो । लालबन्दी ६ स्थित जनवादी चोकबाट सुरु भएको मसाल जुलुस लालबन्दी ७ स्थित बजारमा आएर कोण सभामा परिणत भयो ।
कोण सभालाई अनेरास्ववियु सर्लाहीका कार्यवाहक जिल्ला अध्यक्ष आशिषबाबु दाहाल, एमाले सर्लाहीका उपसचिव प्रकाश थापा, एमाले लालबन्दी नगर कमिटीका अध्यक्ष बिक्रम भण्डारीलगायतले सम्वोधन गरे ।