logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मूर्तियामा सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधि लालबन्दीलाई


  • उज्यालो अभियान

मूर्तिया – सर्लाहीको बरहथवा नगरपालिका ९ स्थित मूर्तियामा शनिबार सम्पन्न क्रिकेट प्रतियोगिताको उपाधि लालबन्दी राइजिङ क्लबले जितेको छ ।

फाइनल खेलमा मेरिगोल्ड यूथ क्लब सितापुरलाई ७ विकेटले पराजित गर्दै लालबन्दी च्याम्पियन बनेको हो । जितसँगै लालबन्दी राइजिङ क्लबले पहिलो शिल्डसहित नगद ५० हजार रुपैयाँ प्राप्त गरेको क्लबका खेलाडी तथा लालबन्दी नगरपालिका ७ का वडा सदस्य सुरज थापाले जानकारी दिए ।

दोस्रो भएको सितापुरले २५ हजार रुपैयाँमा चित्त बुझाएको छ । गढिमाई युवा क्लब मूर्तियाको आयोजनामा प्रतियोगिता सम्पन्न भएको हो ।