logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

गोडैतामा १३४ जना किसानले ल्याएको माटो निःशुल्क परीक्षण


  • उज्यालो अभियान

गोडैता – सर्लाहीको गोडैतामा शनिबार १३४ जना किसानले आ–आफ्नो बारीबाट ल्याएको माटो निःशुल्क रुपमा परीक्षण गराएका छन् ।

माटो परीक्षण प्रयोगशाला सप्तरीको सहयोगमा कृषि ज्ञान केन्द्र मलंगवा सर्लाहीले वेणी भोला नमूना माध्यमिक विद्यालय गोडैतामा एक दिने शिविर नै आयोजना गरेर किसानका खेतबारीबाट नमूनाका रुपमा ल्याइएको माटो बिना शुल्क परीक्षण गरी माटोको स्थितिबारे जानकारी गराइएको हो । माटोमा रहेको अम्लिय, क्षारिय, नाइट्रोजन, फसफोरस र पोटासको मात्रा किसानलाई बताई सल्लाह सुझाव पनि दिइएको कृषि ज्ञान केन्द्र मलंगवाका प्रमुख देवानन्द राय यादवले बताए ।

किसानले ल्याएको माटो प्रयोगशालाका ४ जना प्राविधिक भएर जाँच गरेका थिए । केही दिनअघि चक्रघट्टा गाउँपालिकामा यस्तै शिविर गरिएको थियो ।