logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवन नगरपालिकाको दमकल संचालन गर्न बरहथवा र हरिपुर नगरपालिकापनि साझेदार


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नगरपालिकासँग भएको दमकल संचालन गर्न शुक्रबारबाट बरहथवा र हरिपुर नगरपालिका पनि साझेदार बनेका छन् ।

बर्सेनि ३ लाख रुपैयाँ दिने सम्झौता गर्दै बरहथवा र हरिपुर नगरपालिका दमकल संचालनका लागि साझेदार बनेका हुन् । हरिवन नगरपालकाका मेयर रमेश बुढाथोकी (कमल), प्रमुख प्रशासकीय अधिकृत सुरेन्द्र प्रधानले बरहथवाकी मेयर कल्पनाकुमारी कटुवाल र हरिपुरका मेयर गोपाल पंजियारसँग सम्झौता गरेका छन् ।

यसअघि ईश्वरपुर र बागमती नगरपालिका साझेदार बनिसकेका छन् । सर्लाहीमा हाईवे अर्थात् उत्तरी क्षेत्रमा हरिवन नगरपालिकासँग र दक्षिणी बेल्टमा मलंगवा नगरपालिकासँग मात्रै दमकल छ ।

दमकल संचालनको खर्च पालिका एक्लैले बेहोर्नु पर्ने तर जहाँ आगलागी हुँदा पनि आफ्नै खर्चमा पठाउनुपर्ने भन्दै हरिवन र मलंगवा नगरपालिका दुवैले गुनासो गर्दै आइरहेका छन् । गुनासोकै बीच हरिवन नगरपालिकाले हरिपुर, बरहथवा, ईश्वरपुर र बागमती नगरपालिकासँग वार्षिक ३ लाख लिने गरी एग्रीमेन्ट गरेको छ ।