logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

कांग्रेस नेतृ तथा पूर्वमन्त्री मीना पाण्डेको निधन


  • उज्यालो अभियान

बागमती – नेपाली कांग्रेसकी नेतृ तथा पूर्वमन्त्री मीना पाण्डे निधन भएको छ ।

घरमै उपचारका क्रममा ७२ वर्षको उमेरमा नेतृ पाण्डेको निधन भएको हो ।

पाण्डेको आजै पशुपति आर्यघाट दाहसंस्कारको तयारी भइरहेको पारिवारिक स्रोतले जनाएको छ । सर्लाही– २ बाट २०४८ र ०५१ मा प्रत्यक्ष निर्वाचित भएकी पाण्डे २०७४ मा समानुपातिक सांसद थिइन् ।

२०२५ सालदेखि राजनीतिमा लागेकी पाण्डे पद्मकन्या कलेजको स्ववियु सभापति समेत भएकी थिइन् ।

नेपाल महिला संघमा अध्यक्षको जिम्मेवारी समेत सम्हालेकी पाण्डे पार्टीको ११ औं महाधिवेशनमा पार्टीको केन्द्रीय समिति सदस्य बनेकी थिइन् । स्वास्थ्यमा समस्या देखिएपछि पछिल्लो समय उनी निष्क्रिय थिइन् ।

पाण्डेको पुर्खौली घर बागमती नगरपालिका १२ कर्मैयामा पर्छ ।