logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

हरिवनमा नीभ सेक्युरिटीको कार्यालय


  • उज्यालो अभियान

हरिवन – शेयर कारोवारीलाई मध्य नजर गर्दै नीभ सेक्युरिटीले आइतबार दोस्रो शाखा सर्लाहीको हरिवनमा स्थापना गरेको छ ।

प्रधान कार्यालय काठमार्डौ रहेको नीभको पहिलो शाखा इटहरीमा छ भने दोस्रो शाखा हरिवन बजारमा स्थापना गरेको हो । आज औपचारिक कार्यक्रम गरी हरिवन नगरपालिकाका मेयर रमेश बुढाथोकी (कमल) ले कार्यालयको उद्घाटन गरेका हुन् । शेयर कारोवारीले सेक्युरिटी कार्यालय मार्फत शेयर खरीद बिक्री गर्नुपर्ने भएकाले हरिवनमा पनि कार्यालय खोलिएको नीभका जेनेरल म्यानेजर कमल खत्रीले जानकारी दिए ।

उनले नीभको कार्यालय हरिवनमा स्थापना भएपछि यस भेगका शेयर कारोवारीलाई फाइदा पुग्ने बताए । नीभका संस्थापक सदस्य भीष्म चालिसेले कार्यक्रममा उपस्थित सवैलाई शेयर बजारको बारेमा प्रष्ट पारे ।