logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

शिवेश्वर सामुदायिक वनको नयाँ नेतृत्व चयन


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा रहेको शिवेश्वर सामुदायिक वनको नयाँ नेतृत्व चयन भएको छ ।

आइतबार भएको साधारण सभाबाट टंक राई अध्यक्ष रहने गरी वनको १४ सदस्यीय उपभोक्ता समिति चयन गरिएको हो । यो वनको विगत ८ वर्षदेखि साधारण सभा हुन सकेको थिएन । वडाध्यक्ष प्रज्वल ढुंगानाको पहलमा वर्षौपछि आइतबार साधारण सभा गरेर नेतृत्व चयन गरिएको स्थानीय वासिन्दाले बताए ।

नयाँ उपभोक्ता समितिको अध्यक्षमा टंक राईसहित उपाध्यक्षमा टेकबहादुर आले, सचिवमा ललिता निरौला, कोषाध्यक्षमा शान्ता राई, सदस्यहरुमा तेजनारायण श्रेष्ठ, गोविन्द चापागाई, कमला आले, दोर्जे बहादुर पाख्रिन, सरिता घिमिरे विक, रामबाबु राई, रामबाबु घिमिरे, सनबहादुर विक, लिला खड्का र विनु परियार रहेका छन् ।

वन उपभोक्ता समितिका कार्यवाहक अध्यक्ष बद्री बरालको अध्यक्षतामा आयोजित वनको साधारण सभामा मेयर रमेश बुढाथोकी (कमल) , वडाध्यक्ष प्रज्वल ढुंगाना, सामुदायिक वन उपभोक्ता महासंघ सर्लाहीका अध्यक्ष सीताराम पोखरेल, महासंघको हरिवन नगर समितिका अध्यक्ष केशव गौतमसहित स्थानीय वासिन्दाको उपस्थिति थियो ।