कर्मैया – सर्लाहीको बागमतीस्थित कुमारी बैंकको कर्मैया शाखा र स्थानीय ह्यारीसन होटल एण्ड पार्टी प्यालेसबीच सम्झौता भएको छ ।
कुमारी बैंकका सम्पूर्ण भिसा डेबिट कार्ड भएका ग्राहकलाई लक्षित गरी ह्यारीसन होटलमा कार्ड प्रयोग गर्दा १५ प्रतिसत छुट पाउने सम्झौता भएको हो । उक्त सम्झौता अनुसार कुमारी बैंकका ग्राहक र कर्मचारीले समेत होटलमा गएर कार्ड प्रयोग गर्दा खाना र पेय पदार्थमा १५ प्रतिसत र आवास वस्तुहरुमा पनि १५ प्रतिसत नै छुट पाउने सम्झौतामा उल्लेख छ ।
उक्त सम्झौतापत्र बैंकको कर्मैया शाखाका प्रवन्धक गोविन्द लामिछाने र ह्यारीसन होटलका संचालक हरेराम काफ्लेबीच आदानप्रदान भएको हो ।