सागरनाथ – सर्लाहीको ईश्वरपुर नगरपालिकास्थित सागरनाथ चोकमा आइतबार स्वर्गिय विनोद घिमिरेको ३० औँ स्मृति दिवस मनाइएको छ ।
नेकपा एमाले सर्लाहीका तत्कालिन जिल्ला सचिव घिमिरेको २०५० साल जेठ १४ गते सागरनाथ चोकमा ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको थियो । पार्टीका तत्कालिन महासचिव मदन भण्डारी र तत्कालिन संगठन विभाग प्रमुख जीवराम आश्रितको अस्तुकलश लिएर मलंगवातर्फ जानेक्रममा घिमिरेको ट्याक्टर दुर्घटनामा परेर ज्यान गएको थियो ।
उनको सम्झनामा पूर्व–पश्चिम राजमार्गस्थित ईश्वरपुर नगरपालिका–४, सागरनाथ चोकमा विनोद स्मारक स्तम्भ निर्माण गरिएको छ । आइतबार बिहान एमाले सर्लाही जिल्ला कमिटीको आयोजनामा स्वर्गिय घिमिरेको स्मारक स्तम्भमा माल्र्यापण गर्दै स्मृति दिवस मनाइएको हो ।
सोही कार्यक्रममा रामबहादुर खड्का अध्यक्ष रहने गरी विनोद घिमिरे स्मृति प्रतिष्ठान गठन गरिएको एमाले नेता गोविन्दबहादुर महतले जानकारी दिए ।
एमाले सर्लाहीका अध्यक्ष राजनारायण साहको अध्यक्षता तथा केन्द्रिय सदस्य कमलादेवी महतोको प्रमुख आतिथ्यतामा आयोजित स्मृति दिवसमा एमाले मधेश प्रदेशका उपाध्यक्ष रेवती पन्त, नेता राजकुमार उप्रेतीलगयतले मन्तव्य राखे ।