logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सफा छ आज पनि मौसम, गर्मी घट्दा राहत


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम आज (आइतबार) पनि सफा रही घाम लागिरहेको छ ।

यस क्षेत्रमा केही दिनदेखि मौसम धाम्मधुम्म हुने र सामान्य वर्षा हुने भइरहेको छ । जसले गर्दा गर्मी कम हुँदा सर्वसाधारणले राहत महसुस गरिरहेका छन् ।

३÷४ दिनअघि जस्तो हपक्क गर्मी कम हुँदा मानिसलाई बाहिर निस्कन र नियमित काममा निस्कन केही सहज भएको हो ।

घाम लागेपनि बेला बेलामा हावा समेत चलेकाले गर्मी कम भएको हो ।

यहाँका किसान मकै गोड्ने, धानको ब्याड राख्नेलगायत काममा ब्यस्त छन् । किसानलाई धानको बीउ र मलखाद जुटाउन भने समस्या छ ।