logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीको मौसम अहिले बिहान सफा, बिहानैबाट घाम


  • उज्यालो अभियान

लालबन्दी – सर्लाहीको मौसम अहिले बिहान सफा छ ।

यस क्षेत्रमा गएसाँझ केहीबेर सामान्य वर्षा भएको थियो । आज भने बिहानैदेखि मौसम उघ्रिएर घाम लागिरहेको हो । यहाँ हिजो र अस्ती बेलुकापख पानी पर्दा गर्मी केही कम भएको छ ।

किसानले अहिले आएर पर्याप्त वर्षा भएको भन्दै खुसी व्यक्त गरेका छन् । पानीसँगै आएको हावाहुरीले भने फलफूल, तरकारी, कच्ची घरको छाना तथा बेराघेरा, टहरा लगायतमा क्षति गरेको भन्दै धेरैले चिन्ता व्यक्त गरेका छन् ।

सर्लाहीमा केही दिनदेखि विद्युत् अनियमित भइरहेको छ । बजार क्षेत्रमा केही घण्टापछि नै बत्ती सूचारु हुने गरेको भएपनि भित्री बस्ती तथा ग्रामीण भेगमा लामो समयपछि मात्रै बत्ती सूचारु हुने गरेको गुनासो स्थानीयले गरेका छन् । यस क्षेत्रमा गएराति पनि विद्युत् प्रवाहमा समस्या आएको थियो ।

राति मर्मत गर्न नभ्याइएका क्षेत्रमा आज बिहानैबाट मर्मतको काम चलिरहेको प्राधिकरणले जनाएको छ । जेठ दोस्रो सातामा आएर अहिले बेलाबेलामा भइरहेको वर्षाले धुलो–धुँवाको प्रदुषण नियन्त्रण भएको छ । वन जंगल तथा खेतबारी सबैतिर हरियाली बढिरहेको छ ।