logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बयलवासमा उच्च रक्तचापले बिरामी परेका पुरुषलाई हेलिकप्टरबाट काठमाडौं लगियो


  • उज्यालो अभियान

फाइल तस्बिर ।

बयलवास – सर्लाहीको बयलवासमा उच्च रक्तचाप (ब्लड प्रेसर हाइ) भएका बिरामीलाई शनिबार दिउँसो हेलिकप्टरबाट काठमाठौं लगिएको छ ।

उच्च रक्तचापका बिरामी ईश्वरपुर नगरपालिका ६ का मोहन साहलाई दिउँसो १ बजेतिर हेलिकप्टरमार्फत उपचारका लागि काठमाडौं लगिएको हो । साह गम्भीर बिरामी परेपछि सिद्धिविनायक अस्पताल बयलवास लगिएको थियो ।

त्यहाँका चिकित्सकले तत्कालै सुविधा सम्पन्न अस्पतालमा लैजान सिफारिस गरेपछि साहको परिवारले हेलिकप्टर मगाएर काठमाडौं लगेका इलाका प्रहरी कार्यालय केशरगन्ज, बयलवासले जनायो ।