logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुरमा राष्ट्रिय स्वतन्त्र पार्टीको नगर भेला जारी


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुरमा अहिले राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को नगर भेला जारी छ ।

रवी लामिछाने नेतृत्वको यो पार्टीले संगठन विस्तारका क्रममा ईश्वरपुरस्थित उद्योग वाणिज्य संघको सभा हलमा प्रथम ईश्वरपुर नगर भेला गरिरहेको हो । भेलालाई सम्वोधन गर्दै पार्टीका मधेश प्रदेश सभापति इ. तपेश्वर यादवले पछिल्लो समय मधेश प्रदेशमा पनि राजस्व पार्टीप्रति आम नागरिकको आकर्षण बढेको दावी गरे । उहाँले यस प्रदेशलाई आगामी दिनमा घण्टीमय बनाउँदै लैजाने बताए ।

पार्टीका जिल्ला संयोजक कमलेश साहले पुराना पार्टीको तुलनामा अहिले रास्वपाप्रति सबैले भर गर्न थालेका तर्क गरे । भेलामा पार्टीको मधेश प्रदेशका कोषाध्यक्ष चन्दन साह, प्रदेश सदस्यहरु पन्चबहादुर स्याङतान, रामदुलार महतो, डा. इन्द्रजित साह, सन्जिव यादवलगायतको आतिथ्यता छ ।

भेलाले पार्टीको ईश्वरपुर नगर समित गठन गर्ने छ । आजै लालबन्दी नगरपालिकामा पनि राजस्वले प्रथम नगर भेला गर्दै छ ।