लालबन्दी – सर्लाहीमा बिहीबार अपरान्ह भीषण हावाहुरीसहित वर्षा भएको छ ।
दिउँसोसम्म चर्को घाम लागिरहेकोमा अपरान्हपछि एक्कासी मौसममा बद्ली आई ठूलो हावाहुरीसहित पानी परेको हो । भर्खरै हावाहुरी रोकिएको छ । हावाहुरीबाट भएको क्षतिको विवरण आउन बाँकी छ ।
हावाहुरीपछि जिल्लाभर अहिले विद्युत् अवरुद्ध छ ।