logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लैंगिक उत्तरदायी बजेट निर्माणका लागि राजनैतिक दलहरुको भूमिका र प्रतिवद्धताबारे छलफल


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा हरिवन लैंगिक उत्तरदायी बजेट निर्माणका लागि राजनैतिक दलहरुको भूमिका र प्रतिवद्धताबारे छलफल भएको छ ।

आइफिएस नेपालको प्राविधिक सहयोग, स्वीस सरकार विकास सहयोग (एसडीसी) र अष्ट्रेलियन सरकारको आर्थिक सहयोगमा माण्डवीको सहजीकरणमा कार्यक्रम गरिएको हो । कार्यक्रममा सहभागी सर्लाही जिल्लाका राजनीतिक दलका प्रमुख तथा प्रतिनिधिले पालिकाहरुबाट लैंगिकमैत्री बजेट तर्जुमा गर्न पहल गर्ने प्रतिवद्धता जनाएका माण्डबीका कार्यक्रम अधिकृत मनिल श्रेष्ठले जानकारी दिए ।

सहभागी १८ जनालाई बनिता कार्कीले प्रशिक्षण प्रदान गरेकी थिईन् । कार्यक्रम संयोजक मुनीलाल बैठाको अध्यक्षता तथा रमा पौडेलको संचालनमा कार्यक्रम सम्पन्न गरिएको हो ।

माण्डवीले दातृ निकायसँग सहजीकरण गरी सर्लाही, महोत्तरी, रौतहट, बारा र धनुषा जिल्लाका २८ वटा पालिकाहरुमा महिला नेतृत्व कार्यक्रम संचालन गरिरहेको छ ।