logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

ईश्वरपुरको रामनगरमा प्रदेश सांसद सिंहले गरिन छठीघाटको शिलान्यास


  • उज्यालो अभियान

ईश्वरपुर – सर्लाहीको ईश्वरपुर नगरपालिका–९, रामनगरमा सोमबार छठीघाटको शिलान्यास गरिएको छ ।

मधेश प्रदेश सरकारले निर्माण गर्न लागेको छठीघाटको नागरिक उन्मुक्ति पार्टीकी प्रदेश सभा सदस्य उर्मिला देवी सिंहले शिलान्यास गरेकी हुन् । रामजानकी मन्दिरको नाममा रहेको पोखरीमा छठीमाताको पूजाका लागि छठघाट निर्माण गर्न लागिएको बताइएको छ ।

प्रदेश सरकारबाट प्राप्त ५४ लाख ४५ हजार र जनश्रमदान ६ लाख ५ हजार ४४० रुपैयाँ गरी ६० लाख ५० हजार ४४० रुपैयाँ लागतमा छठीघाट निर्माण हुन लागेको थारु कल्याण कारिणसभा सर्लाहीका सभापति सूर्यनारायण चौधरीले जानकारी दिए ।