लालबन्दी – लायन्स क्लब अफ लालबन्दी सेन्चुरीको नेतृत्व फेरिएको छ ।
शनिबार भएको क्लबका पदाधिकारीको भेलाले वर्ष २०२३÷०२४ का लागि मोहन राउत अध्यक्ष रहने गरी क्लबको नयाँ नेतृत्व चयन गरेको हो । भेलाले उपाध्यक्षमा सन्तोष आचार्य, सचिवमा विश्वकृष्ण थापा र कोषाध्यक्षमा रमेश खड्कालगायतलाई चयन गरेको छ ।
नेतृत्व चयन गर्न भएको भेलामै क्लबको नामबाट प्रकाशित क्यालेण्डर विमोचन गरिएको छ । सो भेलामा उद्योग वाणिज्य संघ लालबन्दीका अध्यक्ष दीपेन्द्र कुमार बलम्पाकी, सुशील दाहाल, शाकार शर्मा, गोपाल श्रेष्ठ लगायतको उपस्थिति रहेको थियो ।