logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

जसपा नेता राकेश कुमार मिश्र जनमत पार्टीमा प्रवेश


  • उज्यालो अभियान

बलरा – जनता समाजवादी पार्टी (जसपा) का नेता तथा प्रतिनिधि सभा सदस्यका उम्मेदवार राकेश कुमार मिश्र जनमत पार्टीमा प्रवेश गरेका छन् ।

मिश्रलाई शनिबार सर्लाहीको क्षेत्र नं. ४ अन्तर्गत बलरा नगरपालिका वडा नं. ११ छतौनामा आयोजित कार्यक्रममा जनमत पार्टीका अध्यक्ष तथा सांसद डाक्टर सिके राउतले पार्टीमा भित्र्याएका हुन् । जनमतमा छिरेका मिश्र ४ नम्वर क्षेत्रमा जसपाको प्रभावशाली नेता मानिन्थे ।

गएको मंसिरमा भएको निर्वाचनमा ४ नम्वर क्षेत्रमा मिश्र ५ हजार ८१३ मत ल्याई चौंथो भएका थिए । मिश्रसँगै शिवचन यादवलाई पनि शनिबार नै औपचारिक रुपमा पार्टीमा प्रवेश गराइएको छ ।

सो पार्टी प्रवेश कार्यक्रमलाई सम्वोधन गर्दै जनमतका अध्यक्ष डा. सिके राउतले पुराना दलहरु अब थोत्रा गाडी जस्तै भएकाले मुलुकको विकास र समृद्धिका लागि आफूहरु अघि बढेको बताए ।