logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

प्रेस युनियन सर्लाहीको सभापतिमा पुनः थपलिया चयन


  • उज्यालो अभियान

हरिपुर – नेपाल प्रेस युनियन सर्लाहीको सभापतिमा पुनः कृष्णप्रसाद थपलिया चयन भएका छन् ।

हरिपुरमा बिहीबार सम्पन्न ७ औँ जिल्ला अधिवेशनले थपलियाको नेतृत्वमा १७ सदस्यीय नयाँ कार्य समिति चयन गरेको हो । थपलिया उज्यालो अभियान दैनिक तथा उज्यालो अभियान मिडिया नेटवर्कको संचालक समिति सदस्य छन् ।

प्रेस युनियनका केन्द्रीय प्रतिनिधि संजय कार्कीको उपस्थितिमा हरिपुरस्थित नेपाल रेडक्रस सोसाईटी उपशाखाको सभा हलमा नयाँ नेतृत्व चयन गर्दै युनियनको जिल्ला अधिवेशन सम्पन्न गरिएको हो ।