विकास ठाकुर ।
मलंगवा – नेपाली कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंहले सांसद डा. अमरेशकुमार सिंहविरुद्ध अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा उजुरी दिने विकास ठाकुर आफ्नो पार्टीको जिल्ला प्रवक्ता नभएको बताएका छन् ।
सोमबार अख्तियारमा उजुरी दिएपछि ठाकुर कांग्रेस सर्लाहीको प्रवक्ता रहेको भनी विभिन्न संचार माध्यममा समाचार आएकोप्रति सिंहले आफ्नो ध्यानाकर्षण भएको बताएका हुन् । सिंहले उज्यालो अभियानसँग कुरा गर्दै ठाकुर पार्टी प्रवक्ता रहेको भन्ने कुरा झुठो रहेको बताए ।
उनले ठाकुर आफू निकटका भनी समाचार आएकोप्रति पनि आफ्नो आपत्ति रहेको बताएका छन् । कविलासी नगरपालिका निवासी ठाकुरले स्वतन्त्र सांसद डा. सिंहको विरुद्धमा खरो रुपमा अन्तवार्ता दिँदै आएका छन् ।