हरिवन – सर्लाहीको हरिवनमा रहेको महादेव जनता नमूना माध्यमिक विद्यालयमा ४ जना व्यवस्थापन समिति सदस्य चयन गरिएको छ ।
यस विद्यालयको व्यवस्थापन समितिमा रहन सुरुमा ३३ जनाले इच्छा व्यक्त गरेका थिए । बारम्बारको छलफलपछि शनिबार ४ जनाको नाममा सर्वसम्मत भएको हो । ४ जनामा सरस्वती पोखरेल, जनार्दन पोखरेल, मनु मल्ल आले र दिर्घकुमारी आचार्य रहेका छन् ।
अब उहाँहरुमध्येबाट एक जना अध्यक्षमा चुनिने छन् । यस्तै, शिक्षाप्रेमी, जग्गादाता, शिक्षक प्रतिनिधि, प्रधानाध्यापक र वडाका प्रतिनिधि सदस्य रहने छन् ।