नारायण खोला – सर्लाहीको लालबन्दी नगरपालिका १४ नारायण खोलामा हिजो (शनिबार) बाट जग्गा नापजाँच सुरु भएको छ ।
एैलानी तथा अव्यवस्थित जग्गामा बसोवास गर्नेहरुको जग्गा नाप्न सुरु गरिएको नेकपा एमाले नारायण खोलाका वडा कमिटी अध्यक्ष रोशन दोङले जानकारी दिए । मेयर बासुदेव अधिकारी, उपमेयर कल्पनामाया पाख्रिन, वडाध्यक्ष छेनामसिंह घिसिङलगायतको उपस्थितिमा जग्गा नापजाँच सुरु गरिएको हो ।
जिल्लाकै दुर्गम भेगमा पर्ने नारायणखोलामा नम्बर जग्गा निकै थोरै छ । पाखोभित्तामा बसोवास गर्ने नारायण खोलावासी अब आफू बसेको जग्गाको लालपूर्जा पाउने आशमा छन् ।