logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

सर्लाहीमा बिहानैदेखि घाम, पानी पर्न रोकियो


  • उज्यालो अभियान

लालबन्दी  – सर्लाहीमा आज (शुक्रबार) बिहानैदेखि घाम लागिरहेको छ ।

यस क्षेत्रमा पानी पर्न रोकिएर मौसम सफा भई घाम लाग्न थालेको हो । हिजो दिउँसोदेखि सिमसिम पानी पर्न रोकिएको छ ।

विगत ३÷४ दिन हल्का वर्षा हुँदा यस क्षेत्रका वासिन्दाले ठूलो राहत महसुस गरेका छन् । किसानलाई बाँझो खेतबारी जोतेर मकै रोप्ने मौका मिलेको छ भने प्रदुषण कम भई वनमा लागेको डढेलो निभेका छन् ।

पानी परेपछि सर्लाहीमा टाढासम्म देखिने गरी मौसम छर्लङ भएर उघ्रिएको छ । पानी परेपछि तत्कालका लागि गर्मी कम भएको छ ।

जिल्लामा अहिले सबैतिर पालुवा पलाएर हरियाली बढ्दै गएको स्थानीय किसानले बताएका छन् ।