logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

चन्द्रनगर : छोरी भेट्न हिंडेका वृद्धको साइकलबाट लडेर मृत्यु


  • उज्यालो अभियान

प्रतिकात्मक तस्बिर ।

नाढीमन – सर्लाहीको चन्द्रनगर गाउँपालिका–३ बड्कुर्वामा बिहीबारसाँझ आफैले चलाउँदै गरेको साइकलबाट लडेर एक वृद्धको ज्यान गएको छ ।

बृद्घ छोरी भेट्न जाने क्रममा साइकलबाट लडेका हुन् । चन्द्रनगर गाउँपालिका–७ नाढीका ७२ बर्षीय पल्टु सिंहले आफैले चलाएको साइकलबाट लडेर ज्यान गएको प्रहरीले जनायो ।

सिंह हरिपुरस्थित छोरीलाई भेट्न साइकलमा हिंडेका बेला बडकुर्वा–बबरगंज सडक खण्डमा साइकलबाट लड्दा उनको घटनास्थलमै मृत्यु भएको प्रहरी उपरीक्षक (एसपी) नरेशराज सुवेदीले बताए । उनका अनुसार मृतक सिंह सडकबाट साइकलसहित करिव ५ फिट तल खेतमा मृत फेला परेका हुन्

प्रहरीले मृतकको शरीरमा अन्य कुनै चोट नदेखिएको जनाउँदै उनको साथबाट नगद ३० बरामद भएको जनाएको छ । परिवार श्रोतका अनुसार सिंह छोरीलाई नगद पु¥याउन हिँडेका हुन् ।

उनको शव पोष्टमार्टमका लागि प्रादेशिक अस्पताल मलंगवा पुर्याइएको छ ।