logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष श्रेष्ठलाई मधेश पत्रकारिता सम्मान


  • उज्यालो अभियान

लालबन्दी – नेपाल पत्रकार महासंघ सर्लाहीका पूर्व अध्यक्ष एवं हाल मधेश प्रदेश कार्य समितिका सदस्य शंकर श्रेष्ठलाई ‘मधेश पत्रकारिता सम्मान’ प्रदान गरिएको छ ।

विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा महासंघको मधेश प्रदेश कार्य समितिले बुधबार रौतहटको चन्द्रनिगाहपुरमा आयोजना गरेको प्रदेश संचार सम्मेलनमा ८ जिल्लाका अग्रज पत्रकारलाई सम्मान गर्दा सर्लाहीबाट श्रेष्ठ सम्मानित भएका हुन् । हाल राष्ट्रिय समाचार समिति (रासस) मा सर्लाहीबाट रिपोर्टिङ गर्ने श्रेष्ठलाइ कार्यक्रमको अध्यक्षता ग्रहण गरेका पत्रकार महासंघ मधेश प्रदेशका अध्यक्ष राजेश कर्ण र प्रमुख अतिथि मधेश प्रदेशका मुख्यमन्त्री सरोज यादवले माला र खादा लगाई सम्मान पत्रबाट सम्मान गरेका हुन् ।

श्रेष्ठ सर्लाहीका सबैभन्दा पुराना पत्रकारका रुपमा चिनिन्छन् । चन्द्रनिगाहपुरको उक्त कार्यक्रममा सर्लाहीबाट पत्रकार महासंघका जिल्ला अध्यक्ष टंकबहादुर क्षेत्री, महासंघकै प्रदेश कार्य समितिका कोषाध्यक्ष विश्वनाथ ठाकुर, प्रदेश सदस्य अजित सिंह, प्रेस काउन्सिल मधेश प्रदेशकी सदस्य बन्दना झा लगायत अन्य पत्रकारहरु समेत सहभागी भएका थिए ।