logo
  • शुक्रबार, कार्तिक २१, २०८३ / Friday, Nov, 06 ,2026

गोठ जलेर खसीबाख्रा मरेको किसानलाई वडा कार्यालयबाट सहयोग


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवनमा आगलागीबाट गोठ र गोठभित्र रहेको ११ वटा बाख्रापाठा जलेर मरेका किसानलाई वडा कार्यालयले ५० हजार रुपैयाँ सहयोग गरेको छ ।

आगलागीबाट क्षति बेहोर्न बाध्य हरिवन ११ का वीरबहादुर श्रेष्ठलाई शनिबार वडा कार्यालयले ५० हजार बराबरको उन्नत जातको बोका र बाख्रा खरिद गरेर प्रदान गरेको हो । पीडित किसानलाई तत्कालका लागि केही मल्हम–पट्टी होस् भनी यस प्रकारको सहयोग गरिएको हरिवन नगरपालिका ११ का वडाध्यक्ष शेष महबुब रेजाले जानकारी दिए ।

वडाध्यक्ष रेजा, हरिवनकी उपमेयर हरिमाया घलानलगायत भएर किसान श्रेष्ठलाई बाख्रा र बोका हस्तान्तरण गरेका हुन् । पीडित श्रेष्ठको ज्ञानु सुवेदीलगायतसँग सहयोग लिएर गोठ समेत निर्माण गरिदिएको वडाध्यक्ष रेजाले बताए ।