logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

आगलागीबाट दुई घर जल्यो, एउटामा आंशिक क्षति


  • उज्यालो अभियान

सिसौट – सर्लाहीको रामनगर गाउँपालिका–६, सिसौटमा आगलागीबाट दुई वटा घर जलेको छ ।

एउटा घरमा आंशिक क्षति पुगेको छ । शुक्रबार बिहान सिसौटका लखिन्द्र बैठाको फुसको घरमा खाना पकाउने क्रममा अचानक आगलागी भएको हो ।

आगलागीबाट लखिन्द्र र फेकन बैठाको कच्ची घर पूर्णरुपमा जलेर नष्ट भएको स्थानीयले बताएका छन् । आगोले घरसहित भित्र रहेका सरसामग्री जल्दा लखिन्द्रको ३ लाख र फेकनको २ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको स्थानीयले बताएका छन् ।

यस्तै, अर्का छिमेकी रामईश्वर बैठाको घर आंशिक जल्दा १ लाख ५० हजार रुपैयाँ बराबरको क्षति भएको प्रहरीले जनाएको छ । आगलागी गाउँले र स्थानीय भएर निभाएका थिए ।