logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

मलंगवाबाट २० केजी गाँजा बरामद


  • उज्यालो अभियान

फाइल तस्बीर ।

मलंगवा – प्रहरीले सर्लाही सदरमुकाम मलंगवाबाट २० केजी गाँजा बरामद गरेको छ ।

बुधबार साँझ गस्तीमा खटिएको प्रहरी टोलीले मलंगवा नगरपालिका ८ झिलमिलिया माई मन्दिर क्षेत्रबाट प्रतिवन्धित लागूऔषध गाँजा बरामद गरेको हो । झोलामा लुकाएर गाँजा लिएर भारततर्फ जाँदै गरेका व्यक्ति भने प्रहरीलाई देख्ने बित्तिकै झोला नै फालेर सीमा कटेर भारततर्फ फरार भएका जिल्ला प्रहरी कार्यालय मलंगवाले जनाएको छ ।

।सर्लाहीको उत्तरी चुरेभेग र सिन्धुली तथा मकवानपुर जिल्लातर्फबाट गाँजा भारतसम्म पु¥याई बेच्ने गरिएको छ ।