logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

बनेको भवन प्रयोगविहीन, मन्त्रीले फेरि अर्को भवन शिलान्यास गरे


  • उज्यालो अभियान

चन्द्रनगर – संघीय सरकारका महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्री महिन्द्र राय यादवले सोमबार साँझ सर्लाहीको चन्द्रनगर गाउँपालिका–३, बडकुर्वामा इमरजेन्सी सेल्टर (आकस्मिक सुरक्षित आवास) भवनको शिलान्यस गरेका छन् ।

संघीय सरकारको लगानीमा निर्माण हुन लागेको भवनको मन्त्री यादवले शिलान्यास गरेका हुन् । चन्द्रनगरको बडकुर्वामा यसअघि सडकमै एउटा इमरजेन्सी सेल्टर भवन बनेको थियो । तर, त्यो भवन सार्वजनिक सडक मिचेर बनाएको र प्रयोगमा नल्याइएको भनी चर्को गुनासो आइरहेका बेला मन्त्री रायले सोमबार फेरि नजिकै अर्को भवनको शिलान्यास गरेका हुन् ।

बडकुर्वामा यसअघि बनेको भवन सडकमै बनेको छ भने निजी जग्गालाई प्रभाव पार्ने गरी सडकमै भवन बनाएको भन्दै अदालतमा मुद्दा परेको छ ।