प्रतिकात्मक तस्बीर ।
लालबन्दी – सर्लाहीको लालबन्दीस्थित ग्रामिण सडकमा टाउको किचिएको अवस्थामा एक महिलाको शव फेला परेको छ ।
शव मागी खाँदै हिँड्ने महिलाको रहेको खुले पनि उनको नाम ठेगाना खुल्न सकेको छैन । लालबन्दी नगरपालिका–६ मधु सामुदायिक वन नजिकै भित्री सडकमा टाउको किचिएको अवस्थामा महिलाको शव बरामद भएको प्रहरीले जनाएको छ ।
लालबन्दी क्षेत्रमा मागी खाँदै हिँड्ने तराई मुलकी महिला राति सडकमा सुतेको बेला गाडीले किचेको हुन सक्ने प्रहरीको अनुमान छ । राति पानी परेका कारण सडकमा रगत देखिएको छैन ।