logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

महिला स्वास्थ्य स्वयंसेविकालाई आँखा उपचार केन्द्रको अभिमुखीकरण तालिम


  • उज्यालो अभियान

बयलवास – सर्लाहीको ईश्वरपुरस्थित नगर अस्पताल बयलवासमा महिला स्वास्थ्य स्वयंसेविकालाई अभिमुखीकरण प्रदान गरिएको छ ।

नेपाल नेपाल नेत्रज्योति संघ हीरालाल सन्तुदेवी प्रधान नेत्रविज्ञान अध्ययन संस्थान भरतपुरद्धारा नगरभित्रका कालिन्जोर, गौरीशंकर र भक्तिपुर स्वास्थ्य चौकीमा कार्यरत ६० जना महिला स्वास्थ्य स्वयंसेविकालाई आँखाको उपचार सम्वन्धी अभिमुखीकरण प्रदान गरिएको हो । अब भोली ईश्वरपुर र बेलाका बाँकी ४१ जना स्वयंसेविकालाई अभिमुखीकरण प्रदान गरिने छ ।

आँखा उपचार केन्द्रका उपाध्यक्ष प्रकाश मैनालीको अध्यक्षता तथा भरतपुर आँखा अस्पतालका नेत्ररोग विशेषज्ञ डाक्टर सन्जिवकुमार साहको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा भरतपुर आँखा अस्पतालका बाह्य कार्यक्रम संयोजक रमेश घिमिरे, ईश्वरपुर ६ का वडाध्यक्ष रहमान अन्सारी, विष्णुहरि मैनाली, दीपेन्द्र साह, अनिता चौधरी, योगेश केसी, राकेश साहलगायतको उपस्थिति थियो ।