नवलपुर – सर्लाहीको लालबन्दी नगरपालिका–१, नवलपुरमा रहेको ग्रामीण बचत तथा ऋण सहकारी संस्थाले आइतबार आयोजना गरेको १ दिने निःशुल्क स्वास्थ्य शिविरबाट ४ सय जना भन्दा बढीले लाभ लिएका छन् ।
शिविरबाट संस्थाका शेयर सदस्य तथा गैर–शेयर सदस्य गरी ४ सय जनाले औषधि उपचार गराएका संस्थाका व्यवस्थापक रोहित भट्टराईले जानकारी दिए । संस्थाले लालबन्दी १ को वडा कार्यालयसँग समन्वय गरी जानकी मेडिकल कलेज तथा शिक्षण अस्पताल धनुषासँग प्राविधिक सहयोग लिएर निःशुल्क स्वास्थ्य शिविर सम्पन्न गरेको हो ।

शिविरमा लालबन्दी, हरिवन, हरिपुरलगायत पालिकाका बिरामीहरु आएर स्त्री रोग, आँखा, दन्त, हाडर्जोनीलगायत रोगका विशेषज्ञबाट सेवा लिएका व्यवस्थापक भट्टराईले बताए । उनका अनुसार शिविरमा निःशुल्क स्वास्थ्य परीक्षणसँगै भिडियो–एक्सरे र रगत परीक्षण पनि निःशुल्क नै गरिएको थियो ।
शिविरमा जानकी मेडिकल कलेजका फ्रोफेसर डाक्टर जे.एन. साह, प्रोफेसर डाक्टर धर्मदन्त सुवेदीलगायतले बिरामीको स्वास्थ्य परीक्षण गरेका थिए ।