logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

अग्नी पीडित न्यौपाने परिवारलाई एमालेको सहयोग


  • उज्यालो अभियान

हरिवन – सर्लाहीको हरिवन नरपालिका ११ बासाटोलका अग्नी पीडित परिवारलाई नेकपा एमालेले आर्थिक सहयोग गरेको छ ।

एमाले नेता तथा पूर्वमन्त्री हरिप्रसाद उप्रेतीको हातबाट अग्नी पीडित बन्द्री न्यौपानेको परिवारलाई एमाले नेता कार्यकर्ताले २२ हजार ५ सय रुपैयाँ सहयोग गरेका हुन् । न्यौपानेको घर शनिबार बिहान विद्युत् सर्ट भई भएको आगलागीमा परेर जलेको थियो ।

हरिवन नगरपािलकाबाट २ सय मिटर मात्रै दूरीमा रहेको न्यौपानेको घरमा हरिवन नगरपालिकाबाट गएको दमकल बिग्रिएर पानी फाल्ने नसकेपछि पूर्ण रुपमा जलेको भन्दै हरिवन नगरपालिकाको आलोचना भइरहेको छ ।