logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

महादेव ठाकुरलाई इनोभेटिभ प्रतियोगिताको उपाधि


  • उज्यालो अभियान

चक्रघट्टा – सर्लाहीको चक्रघट्टा गाउँपालिकामा आज आयोजित यूथ इनोभेटिभ आइडिया हन्टको उपाधि वडा नं. ७ का महादेव ठाकुरले जितेका छन् ।

गाउँपालिकाको सभा हलमा आयोजित प्रतियोगितामा १८ जना प्रतियोगीलाई पछि पार्दै ठाकुर च्याम्पियन बनेका हुन् । जितसँगै ठाकुरले १० हजार नगदसहित प्रमाण–पत्र प्राप्त गरेका छन् ।

त्यस्तै, दोस्रो हुनुभएका गोडैता नगरपालिकाका अमित प्रसाद दासले ७ हजार र चक्रघट्टा गाउँपालिका ९ का पप्पु यादवले तेस्रो हुँदै ४ हजार नगदसहित प्रमाण–पत्र प्राप्त गरे । राष्ट्रिय युवा परिषद् नेपालको सहयोग तथा चक्रघट्टा गाउँपालिकाको आयोजनामा कार्यक्रम गरिएको गाउँपालिकाको शिक्षा शाखाका प्रमुख रामस्वार्थ यादवले बताए ।

कार्यक्रममा चक्रघट्टा गाउँपालिकाका अध्यक्ष कृष्णकुमार यादव, उपाध्यक्ष मीनादेवी राय, प्रमुख प्रशासकीय अधिकृत सन्जिव कुमार यादवलगायतको उपस्थिति रहेको थियो ।