logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

लालबन्दी ७ को वडा कार्यालयद्वारा आश्रममा फ्रिज सहयोग


  • उज्यालो अभियान

लालबन्दी – लालबन्दी नगरपालिका वडा नं. ७ को वडा कार्यालयले बिहीबार जुटपानी वृद्धाश्रममा एक थान फ्रिज सहयोग गरेको छ ।

मातातिर्थ औँसीको अवसर पारेर वडाको आर्थिक वर्ष २०७९/०८० को बजेटबाट एक थान फ्रिज खरिद गरी पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा सहयोग गरिएको वडाध्यक्ष कृष्णबहादुर कार्की (गोपाल) ले बताए । आफ्नै सन्ततिबाट अपहेलित भएका तथा बेवारिसे अवस्थामा भेटिएका वृद्धवृद्धासहित अन्यलाई उद्धार गरी पालनपोषण गरेर राखिरहेको वृद्धाआश्रमको सेवाबाट अतिप्रभावित भई वडाको तर्फबाट २५ हजार ५०० रुपैयाँ बराबरको फ्रिज हस्तान्तरण गरिएको वडाध्यक्ष कार्कीले जानकारी दिए ।

वडाध्यक्ष कार्कीसहित वडा सदस्यहरु गीता विश्वकर्मा, सुरज थापा, तारा श्रेष्ठ र राधेश्याम गुप्ताको उपस्थितिमा आश्रमलाई फ्रिज हस्तान्तरण गरिएको हो ।

आश्रमकी व्यवस्थापक भवानी कोइरालाले अहिले अत्यधिक गर्मीको समयमा फ्रिज सहयोग गरेकोमा लालबन्दी ७ को वडा कार्यालय र जनप्रतिनिधिप्रति आभार व्यक्त गरेकी छन् ।