फाइल तस्बिर ।
मलंगवा – सर्लाहीको रामनगर गाउँपालिका–२ मा अहिले आगालागी भइरहेको छ ।
स्थानीय एक व्यक्तिको घरमा भएको आगलागी नियन्त्रणका लागि स्थानीय र प्रहरी मिलेर प्रयास गइरहेको र सदरमुकाम मलंगवाबाट दमकल पनि पठाइएको सर्लाहीका प्रहरी प्रमुख एसपी नरेशराज सुवेदीले उज्यालो अभियानसँग बताए ।
सुक्खापन र अत्यधिक गर्मीले गर्दा सर्लाहीमा दिनहुँ आगलागीका घटना भइरहेका छन् ।