लालबन्दी – नेपाली कांग्रेसको विद्यार्थी संगठन नेपाल विद्यार्थी संघ (नेविसंघ) को ५४ औँ स्थापना दिवस बुधबार सर्लाहीमा पनि मनाइएको छ ।
दिवसका अवसरमा संस्थापन इतर पक्षले लालबन्दी २ जुटपानीस्थित पद्म–भुवनेश्वरी नमूना वृद्ध सेवाश्रममा खाद्यान्न वितरण गरिएको छ । नेविसंघ जनज्योति बहुमुखी क्याम्पस इकाई समितिको आयोजनामा आश्रमलाई १२५ केजी चामल, १० केजी दाल, एक कार्टुन तेल प्रदान गरिएको हो ।
इकाई सभापति सुमितराज काफ्लेको अध्यक्षता तथा आश्रमका संरक्षक बासुदेवशरण कोइरालाको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा कांग्रेस सर्लाहीका सभापति सुरेन्द्रप्रसाद सिंह, संविधान सभा सदस्य रामचन्द्र चौधरी, पूर्व जिल्ला सभापति सत्यदेव सिंह दनुवार, हालका जिल्ला सचिव निरोज कार्की, हरिपुरकी उपमेयर निलमदेवी राय यादव, नेताहरु सीताराम दाहाल, दीपक अधिकारी, कुवेर आचार्य, युवराज देवकोटालगायतको उपस्थिति थियो ।
नेविसंघले बुधबार नै लालबन्दी ७ स्थित राधाकृष्ण गुरुकुलममा पनि खाद्यान्न सहयोग गरेको छ । यस्तै, नेविसंघको संस्थापन पक्षले लालबन्दीमा नै बुधबार नेपाली कांग्रेसको नेतृत्व विकासमा नेपाल विद्यार्थी संघको भूमिका विषयक अन्तक्र्रिया कार्यक्रम गरेको छ ।
लालबन्दी पार्टी प्यालेसमा नेविसंघका कार्यवाहक जिल्ला सभापति प्रवेश न्यौपानेको अध्यक्षतामा आयोजित कार्यक्रममा कांग्रेसका जिल्ला सभापति सुरेन्द्रप्रसाद सिंह, सचिव निरोज कार्की, पूर्वमन्त्री शम्भुलाल श्रेष्ठ, पूर्व सांसद हरेश महतो, मधेश प्रदेशसभाका सदस्य जंगिलाल राय, कांग्रेसका पूर्व क्षेत्रीय सभापति प्रमोद बराल, चन्द्रनगर गाउँपालिकाका अध्यक्ष राजकुमार महतोलगायतको उपस्थिति थियो ।