लालबन्दी – सर्लाहीको लालबन्दीमा आइतबारदेखि जिल्ला स्तरीय १० औँ राष्ट्रपति रनिङ शिल्ड प्रतियोगिता सुरु भएको छ ।
जिल्ला खेलकुद विकास समिति सर्लाहीको आयोजनामा लालबन्दी नगरपालिका ६ स्थित राधाकृष्ण खेल मैदानमा प्रतियोगिता सुरु भएको हो । प्रतियोगिताको जिल्ला खेलकुद विकास समिति सर्लाहीको कार्यालय प्रमुख गोपालबहादुर लामाको अध्यक्षतामा लालबन्दी नगरपालिकाका मेयर बासुदेव अधिकारीले उद्घाटन गरेका छन् ।
प्रतियोगिता उद्घाटन समारोहमा ईश्वरपुर नगरपालिकाका मेयर मनोजकुमार आचार्य, हरिपुर नगरपालिकाका मेयर गोपाल पजियार, लालबन्दी नगरपालिकाको मेयरका प्रत्यासी गोविन्दबहादुर महत, कांग्रेस नेता सीताराम दाहाल, इलाका प्रहरी कार्यालय लालबन्दीका डीएसपी शान्तराम कार्की, विभिन्न वडाका जनप्रतिनिधिलगायत उपस्थित भएका कार्यक्रम संचालक प्रभुनारायण शिवकोटी (श्याम) ले जानकारी दिए ।
पर्सीसम्म चल्ने प्रतियोगितामा विभिन्न दुरीका दौड, सटपुट, ज्याब्लिङ थ्रो, भलिबल, कराँते, कबड्डीलगायत विधाका खेल हुने आयोजक जिल्ला खेलकुद विकास समिति सर्लाहीले जनाएको छ ।