logo
  • बिहिबार, कार्तिक २०, २०८३ / Thursday, Nov, 05 ,2026

रेडियो एकतामा नयाँवर्षको शुभकामना आदानप्रदान


  • उज्यालो अभियान

कर्मचारीलाई पोसाक वितरण गर्दै रेडियोका अध्यक्ष गोविन्द बहादुर महत ।

लालबन्दी – नववर्ष २०८० सालको अवसरमा सर्लाहीको लालबन्दीस्थित सामुदायिक रेडियो एकतामा शुक्रबार शुभकामना आदानप्रदान कार्यक्रम सम्पन्न भएको छ ।

रेडियोका अध्यक्ष गोविन्दबहादुर महतको अध्यक्षतामा कर्मचारीबीच शुभकामना आदानप्रदानसहित चियापान कार्यक्रम सम्पन्न भएको हो । सोही अवसरमा रेडियोका कर्मचारीलाई पोसाक समेत वितरण गरिएको रेडियोका व्यवस्थापक प्रकाश मैनालीले जानकारी दिए ।

कार्यक्रममा रेडियोका अध्यक्ष महत, व्यवस्थापक मैनाली, समाचार प्रमुख जनार्जन खत्री, रेडियोमा मुसहर महिला सशक्तीकरण कार्यक्रम संचालन गर्न सहयोग गर्ने साप–नेपाल संस्थाका कार्यक्रम संयोजक जनक कार्की, रेडियोका कर्मचारीलगायत सहभागी थिए । सो कार्यक्रममा यस रेडियोलाई आगामी दिनमा यस क्षेत्रको अझ भरपर्दो र आम नागरिकको आवाज बोल्ने संचार माध्यमको रुपमा विकास गर्दै लैजाने प्रतिवद्धता व्यक्त गरियो ।

रेडियोका अध्यक्ष एवं लालबन्दी नगरका समाजसेवी गोविन्द बहादुर महतले निकट भविष्यमै रेडियोले आफ्नै टेलिभिजन संचालन गर्ने लक्ष्य लिएर हिँडिरहेको अवस्थामा कर्मचारीको विकाससँगै रेडियोलाई अझ प्रभावकारी ढंगले संचालन गर्दै अघि बढ्ने बताए । यस क्षेत्रमा समाचारलगायत अन्य सचेतनामूलक कार्यक्रम मार्फत आफ्नो बेग्लै पहिचान बनाएको यस रेडियोलाई भविष्यमा सर्लाही जिल्ला र मधेश प्रदेशकै उत्कृष्ट रेडियो अनि आफ्नै टेलिभिजन प्रशारण गर्ने लक्ष्य रहेको अध्यक्ष महतले बताए ।